प्रदेश प्रमुख भट्टद्वारा इदको शुभकामना: ‘आपसी सद्भाव, सहिष्णुता एवं पारस्परिक सहयोगको भावनालाई प्रगाढ तुल्याउनेछ’
पाेखरा | चैत २९, २०८०
पोखरा: गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्ली राज भट्टले इस्लाम धर्मावलम्बीहरूको महान पर्व इद (इद–उल–फित्र) को अवसरमा शुभकामना व्यक्त गरेका छन्।
भट्टले जारी गरेको शुभकामना सन्देशमा उल्लेख छ‘ मुस्लिम समुदायले जकात अल–फित्र भनिने अनिवार्य दान गर्नुपर्ने मान्यता छ। इदमा विशेष नमाज समर्पण गरिसकेपछि आफूभन्दा ठूलाबडाबाट आशीर्वाद लिने र आफूभन्दा सानालाई आशीर्वाद दिँदै मिष्ठान्न परिकारसमेत खाने र खुवाउने परम्परा रहिआएको छ। यस धार्मिक मान्यताले नेपाली समाजलाई सहयोगी तथा मानवीय बन्न उत्प्रेरित गर्दै आएको छ। यस पर्वसँग जोडिएको यस प्रकारको असल परम्परालाई हामीले संरक्षण गर्दै भावी पुस्तालाई हस्तान्तरण गर्नुपर्नेछ ।’
यस पर्वले मुस्लिम समुदायको आफ्नो मौलिक संस्कृति र परम्पराको संरक्षण, सम्वद्र्धन र विकास गर्न टेवा पुग्नुका साथै धार्मिक तथा सांस्कृतिक पर्वले विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता एवं पारस्परिक सहयोगको भावनालाई प्रगाढ तुल्याउने भट्टको विश्वास छ ।
आपसी सद्भावको चाडको रुपमा मनाइने इदले सबै नेपालीबीच बन्धुत्वको भावना बढाउने, सामाजिक सद्भाव अभिवृद्धि गर्न योगदान पुग्ने, राष्ट्रिय एकता, समुन्नत एवं समृद्ध नेपाल निर्माण गर्ने राष्ट्रिय अभियानमा प्रेरणा मिल्ने विश्वास लिँदै उनले शुभकामना व्यक्त गरेका छन् ।
काठमाडौँ: रास्वपाबाट आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार रहेका बालेन्द्र शाह (बालेन) काे चुनावी प्रचारमा हिँडेका चलचित्र पत्रकार दिनेश सिटौलाको निधन भएको छ । ग्रान्डी अस्पतालका अनु...
पोखरा: २५औं आहा! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता यही माघ २७ गदेखि सुरु हुने भएको छ । मोफसलको प्रतिष्ठित सहारा क्लबले आयोजना गर्ने २५ औं संस्करणको प्रतियोगिताको तिब्र पारिएको प...
काठमाडौं : नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ। यसदिन सुन तोलामा १८ हजार ८०० रुपैयाँले घटेको हो। मूल्य घटेसँगै एक तोला सुनको भाउ ३ लाखमा झरेको छ। अघिल्लो साता...

